• देश

    मकवानपुरमा कुखुरा बाेकेकाे गाडी र तरकारी बाेक्ने गाडीमा आगजनी

      ओमकार



    हेटौंडा । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ । अज्ञात समूहले थाहा नगरमा कुखुरा बोकेको गाडी र भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने गाडीमा आगजनी गरेको हो ।

    सांकेतिक तस्वीर

    जिल्ला प्रहरी कार्यलया मकवानपुरका अनुसार पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडीमा तीन जनाको संख्यामा आएका व्यक्तिहरुले गाडी रोकेर आगजनी गरेको हो।

    त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ । क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    विप्लवले बन्द आह्वान गरेका हुनाले विप्लव समूहले नै यस्तो गतिविधि गरेको हुन सक्ने प्रहरीको आशंका गरेको छ ।


     

    प्रतिकृया दिनुहोस