• देश

    आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस , राष्ट्रपतिद्वारा शुभकामना

      ओमकार टाईम्स

    आज ११०औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ ।

     

    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएको हो ।

     

    नारी दिवसका अवसरमा सरकारी स्तरबाटै कार्यक्रम गरिने गरिएको भएपछि यसवर्ष कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम स्थगित भएको छ ।

     

    सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सचिव भइन् । त्यसपछि १९०८ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग गर्दै महिलाहरूले विशाल जुलुस निकालेका थिए ।

     

    महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरणमा हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ ।

     

    जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गरेपछि सन् १९११ यो दिवस मनाउन थालिएको हो ।

     

    राष्ट्रपतिद्वारा शुभकामना

     

    राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

     

    ‘नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु¥याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ’, सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

    प्रतिकृया दिनुहोस