• सम–सामयिक

    पत्रकारलाई घुस दिने प्रहरी निरीक्षकमाथि छानविन सुरु

      ओमकार टाईम्स

    झापा : पत्रकार खगेन्द्र घिमिरेलाई समाचार नलेख्न भन्दै घुस दिने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्कामाथि छानविन सुरु भएको छ ।

     

     

    प्रहरी निरीक्षक खड्काले शनिवार पत्रकार घिमिरेलाई तस्करीको समाचार नलेख्न भन्दै दश हजार घुस दिएका थिए । तर, पत्रकार घिमिरेले तत्कालै पैसा डिएसपीलाई फर्काएर घटना सार्वजनिक गरेपछि प्रहरी निरीक्षक खड्का छानविनमा परेका हुन् ।

     

    जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले घट्नाको सत्यतथ्यसहितको प्रतिवेदन तत्काल पेस गर्न इप्रका काँकरभिट्टाका डिएसपी डिएसपी राजेन्द्र पोखरेललाई लिखित निर्देशन दिइएको बताए । एसपी कोइरालाले भने, हामीले समाचार सार्वजनिक हुने वित्तिकै लिखित निर्देशन दिएका छौँ, हेडक्वाटरमा रिपोर्टिङ पनि गरेका छौँ ।

     

    काँकरभिट्टा नाकामा हुने तस्करीका सम्बन्धमा पत्रकार घिमिरेले शुक्रवार अनुसन्धान अनलाइनमा “रातमा प्रहरी साइट लागि दिँदा सुपारी तस्करी मालामाल” भन्ने शिर्षकमा समाचार लेखेका थिए । प्रहरी निरीक्षक खड्काले थप समाचार नलेख्न आग्रह गर्दै दश हजार घुस दिएका थिए । पत्रकार घिमिरेले प्रहरी निरीक्षकसँगको अडियो सम्वाद र पैसाको तस्विर सुरक्षित गरेका छन् ।

    प्रतिकृया दिनुहोस