• सम–सामयिक

    जबरजस्ती रङ्ग दल्ने र लाेला हान्ने ७ महिलासहित ८० जना पक्राउ

      ओमकार टाईम्स

    काठमाण्डौ – फागू अर्थात् होली पर्वमा उच्छृङ्खल गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

     

    होलीको बहानामा काठमाण्डौ उपत्यकामा उच्छृङ्खल गतिविधि गर्ने सात महिलासहित ८० जना पक्राउ परेका हुन् । काठमाण्डौबाट सात महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

    प्रहरीका अनुसार उनीहरुले जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकाले पक्राउ गरिएको हो ।

     

    चाडपर्वको बहानामा नियम मिच्ने, कानुनको उल्लङ्घन गर्ने र अनुचित क्रियाकलाप गर्ने क्रम बढ्दो छ । यद्यपि चाडपर्व मनाउँदा संयमित रहन र नियम मान्न प्रहरीले अनुरोध गर्दै आइरहेको छ ।

     

    बर्सेनि होलीमा उच्छृङ्खल गतिविधि गर्ने र पक्राउ पर्ने क्रम भने रोकिएको छैन ।

    प्रतिकृया दिनुहोस