• देश

    पूर्वाग्रही ढंगले अख्तियारले पत्र काट्योः प्रेम सञ्जेल

      ओमकार




    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा हुने भ्रष्टाचार र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चामा आएका उपसचिव प्रेम सञ्जेललाई  पत्र काटेको छ।

    कार्यालयमा उपस्थित नभएरै खाना, खाजा र प्रोत्साहन भत्ता लिएको उजुरी आएको भन्दै अख्तियारले उनलाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा उपस्थित हुन मंगलवार पत्र काटेको हो।

    श्रम कार्यालय विराटनगरको प्रमुख पदमा कार्यरत सञ्जेलले त्यहाँ हुने अनियमितता र दलालीविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए। यो बीचमा सरकारले उनलाई  निर्वाचन आयोगको कार्यालयमा सरुवा ग¥यो। सरकारको निर्णयविरुद्ध सञ्जेलले पुनर्वहालीको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए। सर्वाेच्चले सञ्जेलको पक्षमा अन्तरिम आदेश जारी गर्दै पुनर्वहाली ग-यो।

    उनी अहिले पुनर्वहाली भएर श्रम कार्यालय फर्किएपछि अख्तियारले २०७३ साल फागुन १७ देखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर नभई खाना, खाजा र प्रोत्साहन भत्ता लिएर भ्रष्टाचार गरेको उजुरी आएको भन्दै पत्र काटेको हो। भ्रष्ट र दलालीविरुद्ध कडा रुपमा उत्रिएका सञ्जेललाई अख्तियारले २ वर्ष पुरानो विषयमा भ्रष्टाचारको आरोपमा पत्र काटेको हो।

    सञ्जेल भन्छन्– पूर्वाग्रही ढंगले पत्र काटियो

    यता श्रम कार्यालय विराटनगरका प्रमुख सञ्जेलले अख्तियारले पूर्वाग्रही ढंगले पत्र काटेको प्रतिक्रिया दिएका छन्। नागरिक सँग कुरा गर्दै उनले कानुन र व्यवस्थाअनुसार पाउने भत्तालाई देखाएर २ वर्ष पुरानो विषयमा पत्र काट्नु पूर्वाग्रही भएको बताए।

    ‘अख्तियारले दुई पटक मौखिक रुपमा हाजिर हुन आग्रह गरेको थियो। अख्तियारका अनुसन्धान अधिकृत राजु अधिकारीले चैत २९ गते हाजिर हुन बोलाएका थिए। हिजो ३ गते पनि बोलाएका थिए। कसले उजुरी गरेको भन्ने थाहा नपाई म कसरी उपस्थित हुने?’ उनले प्रश्न गरे, ‘एकदमै पूर्वाग्रही ढंगले पत्र काटियो।’

    कसले उजुरी गरेको भन्ने कुरा आफूले थाहा पाउनुपर्ने उनको अडान छ। ‘मैले पदअनुसार पाएको तलबभत्ता खान पाउनुपर्छ’, उनले भने


     

    प्रतिकृया दिनुहोस