• राजनीति

    नेकपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य रावललाई थप अनुसन्धान गर्न ७ दिन म्याद थप

      ओमकार टाईम्स

    जबर्जस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलको ७ दिन म्याद थप गरिएको छ ।

     

    कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले सोमबार दोस्रो पटक ७ दिन म्याद थप गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले १० दिन म्याद थप्न माग गरे पनि सरकारी वकिलको कार्यालयबाट ७ दिनको म्याद थपका लागि सिफरिस भएको बताइएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएकाले म्याद थप गरिएको बताए । यसअघि गत २२ गते अदालतले ४ दिन म्याद थप गरेको थियो ।

     

    अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका–४, उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा २१ फागुनमा प्रहरीले उनलाइ पक्राउ गरेको थियो । रावलविरुद्ध २१ माघमा जबर्जस्ती करणी गरेको भन्दै पीडित महिलाले १४ फागुनमा प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस