• सम–सामयिक

    काठमाडौं भ्यू टावरका सञ्चालक भेटवाल पक्राउ

      ओमकार टाईम्स

    काठमाडौं भ्यू टावरका सञ्चालक तथा ठेकेदार मनोजकुमार भेटवालले आत्मसमर्पण गरेका छन् । भेटवालले दिल्लीबाट काठमाडौं आउनासाथ आत्मसमर्पण गरेका हुन् ।

     

    महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होवीन्द्र बोगटीका अनुसार जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालकसमेत रहेका भेटवालले मंगलबार बिहानै टेकु पुगेर आत्मसपर्मण गरेका हुन् ।

     

    उच्च अदालत पाटनबाट बैंकिङ कसुरको मुद्दामा फरार रहेका भेटवाललाई परिसरले खोजी गर्दै आएको थियो । ७५ लाख १० हजार रुपैयाँको बैंकिङ कसुरको मुद्दामा उनी फरार रहँदै आएका थिए ।

    प्रतिकृया दिनुहोस