• विदेश

    बेलायती स्वास्थ्य मन्त्रीलाई पनि कोरोना भाइरसको संक्रमण

      ओमकार टाईम्स

    बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

     

    मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् । उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो बेलायती सांसद हुन् ।

     

    कोरोना भाइरसका कारण बेलायतमा ६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्री डोरिजले आफूलाई आफ्नी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित बनेको बताएकी छन् । आमालाई पनि सामान्य रुघाखोकी लाग्न थालेको उनले बताएकी छन् ।

    प्रतिकृया दिनुहोस