• सम–सामयिक

    बाँकेको चप्पल कारखानामा आगलागी हुँदा एक जना घाइते, लाखौं क्षति

      ओमकार टाईम्स

    बाँके : बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् ।

     

    अमरजित सिंहले जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बिहान १ः१५ बजे आगलागी भएको हो ।

     

    आगलागीमा सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

     

    आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि मेसिनलगायतका महंगा उपकरण भने जोगाउन सफल भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

     

    आगो नियन्त्रणका लागि गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास भइरहेको छ । क्षतिको यकिन विवरण संकलनको काम भइरहेको छ ।

     

    विद्युत लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    प्रतिकृया दिनुहोस