• सम–सामयिक

    यी कारणले बाँस्कोटाको घरमा बम विस्फोट : विप्लव समूह

      ओमकार टाईम्स

    काठमाडौं : निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा आज (बुधबार) भएको बम विस्फोटमा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको संलग्न रहेको देखिएको छ ।

     

    प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रतिबन्धित समूह घटनामा संलग्न रहेको देखिएको हो ।

     

    प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए ।

     

    प्रहरीको यही भनाइलाई बल पुर्याउने गरी समूहको मुखपत्र इरातो खबर डटकमले पर्चा सार्वजनिक गरेको छ ।

     

     

    घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ ।

     

    यसैगरी पर्चामा दश वटा तर्क अघि सारिएको छ ।

     

    बुँदागत रुपमा विस्फोटकको कारण उल्लेख गर्दै भनिएको छ–‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौं कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका खेलेकाले, देशलाई अहिलेको जर्जर र संकटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्ट मध्ये एक भएकाले ।’

    प्रतिकृया दिनुहोस