• सम–सामयिक

    चेक बाउन्सको आरोपमा पक्राउ

      ओमकार टाईम्स

    तुलसीपुर । चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–५ निवासी भोजराज गुरागाईंलाई बैंक कसुर मुद्दामा मङ्गलबार साँझ इटहरीबाट प्रहरीले पक्राउ गरेको  हाे  ।

     

    पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाईं विरुद्ध बैँक कसुर मुद्दा दर्ता गरेको थियो । एक महिना अघि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि उनी लुकीछिपी बसेको अवस्थामा मङ्गलबार साँझ इटहरीबाट प्रक्राउ गरी दाङ ल्याइएको हो ।

     

    म्याद थप गरेर अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । गुरागाईंले दिएको ३ लाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए ।

    प्रतिकृया दिनुहोस