• सम–सामयिक

    पूर्वमन्त्री आलमका छोरा डा. फिरदोशले राजीनामा नै नदिई जागिर छाडे

      ओमकार टाईम्स


    प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलमले संगठनलाई जानकारी नै नदिई जागिर छोडेका छन् ।

     

    उनी असोजको अन्तिम सातादेखि हालसम्म कार्यालयको सम्पर्कमा नआएको अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) आशा सिंहले जानकारी दिइन् ।

     

    ‘हामीले कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौँ, आलमको घरमा सूचना पनि टाँस भइसकेको छ । अब प्रहरी प्रधान कार्यालयमार्फत उनको विषयमा आवश्यक कारबाही अगाडि बढ्छ,’ सिंहले भनिन् ।

     

    आलमले एक वर्ष मात्र एमबीबीएस पास गरेर प्राविधिकतर्फ प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनका बुबा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेलगत्तैदेखि उनी अस्पतालको सम्पर्कमा नआएको प्रहरीको अधिकारीको भनाइ छ ।

     

    मोहम्मद अफताव २०६४ सालमा भएको रौतहट विस्फोटनको अभियोगमा गत असोजमा पक्राउ परेका थिए । हाल उनी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

    प्रतिकृया दिनुहोस