• Uncategorized

    केही दिन संसद नचलाउन सरकारलाई सांसद साहको आग्रह

      ओमकार टाईम्स

    काठमाडौं : सांसद भरतकुमार साहले केही दिनको लागि संसद नचलाउन सरकारलाई आग्रह गरेका छन् ।

     

     

    आज (बिहीबार)को प्रतिनिधिसभाको शून्य सयमा बोल्दै सांसद साहले कोरोनाभाइरस संक्रमणको जोखिम रहेको परिस्थितिमा संसद बैठकलाई केही समयका लागि नचलाउन सरकारसँग आग्रह गरेको हुन् ।

     

    साथै उनले यातायातमा सिन्डिकेट हटिसकेको भएतापति गैर कानुनी रुपमा ढाटहरु लगाएर नेपाली तथा भारतीय ट्रकहरुबाट पैसा उठाइरहेको प्रति आपत्ति जनाएका छन् ।

     

    विशेषगरी बलघाट, कावासेती र हेटौँडामा ढाटहरु लगाएर प्रशासनको मिलेमतोमा गैर कानुनी रुपमा पैसा उठाइरहेको र त्यो तुरुन्त हटाउनको लागि सम्बन्धित निकायमार्फत सरकारको ध्यानाकार्षण गराउन सांसद साहले सभामुख अग्नि सापकोटालाई अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस