• देश

    कोरोनाका विषयमा सरकारले सूचना लुकायो , नेपालमा किन पेट्रोलियम पदार्थको मूल्य घटेन ? : प्रदीप यादव

      ओमकार टाईम्स

    काठमाडौं : प्रतिनिधिसभाका सांसद प्रदीप यादवले कोरोनाका विषयमा सरकारले सूचना लुकाएको बताएका छन् ।

     

     

    प्रधिनिधिसभाको बिहीयबार बसेको बैठकमा बोल्दै सांसद यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने चिनियाँलाई कोरोना लागेको सूचना आएको भन्दै सत्यतथ्य जानकारी गराउन माग गरे । उनले कोरोनासँग लड्न सरकराले विशेष योजना ल्याउनुपर्ने बताए ।

     

    त्यस्तै सांसद यादवले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपालमा पनि मूल्य घटाउन माग गरेका छन् । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थमा ३० प्रतिशत मूल्य घट्दा पनि नेपालमा किन घटेन भन्दै प्रश्न गरे ।

     

    “बरु सरकारसँग पैसा छैन भने देशलाई संकटकाल घोषणा गरोस् । होइन भने मूल्य घट्दा अविलम्ब घटाइयोस्,” उनले भने ।

    प्रतिकृया दिनुहोस