• सम–सामयिक

    बावुसँग छोराले आफुलाई अपहरण परेको नाटक गरि २१ लाख रुपैयाँ लिने पक्राउ

      ओमकार टाईम्स

    विराटनगर : आफ्नै बावुसँग अपहरणमा परेको नाटक गरि २१ लाख रुपैयाँ फिरौति लिएका बुढीगंगा गाउँपालिका– ३ बाँसबारीका २४ वर्षिय मुकेशकुमार महतो र साथ दिने सोही ठाउँका २५ वर्षिय कृष्ण राजवंशी पक्राउ परेका छन् ।

     

    मोरङ प्रहरीका प्रहरी निरिक्षक ऋषिराज ढकालको नेतृत्तको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेका हुन् ।

     

    मिटर ब्याजमा लिएको पैसाँ तिर्न मुकेशकुमार महतोले आफ्नै बावु शिवनारयणसँग अपहरणमा परेको नाटक गरेका थिए । गत शुक्रबार मुकेशले अपहरणमा परेको नाटक गरेको प्रहरीले जनाएको छ । अपहरणमा परेको नाटक गरेको तीन दिनपछि सोमबार मुकेश र कृष्णलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

     

    मुकेशलाई सुनसरीको भण्टाबारी र कृष्णलाई बुढीगंगाबाट पक्राउ गरेको डिएसपी राईले बताए । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । ‘मुकेशले ५ लाख रूपैयाँ मिटर ब्याजमा लिएको सापटी बढेर ९६ लाख तिनुपर्ने भनिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी राईले भने, ‘मिटर ब्याजमा लिएको सापटी रकम तिर्न आफ्नै बावुसँग अपहरणमा परेको नाटक गरि फिरौति लिएको खुलेको छ ।’ उनले अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की आएपछि बाबुसँगै रकम असुल्न अपहरणको नाटक गरेको खुलेको उनले बताए ।

     

    मुकेशले एक बर्ष अगाडी मिटरब्याजमा पैसाँ लिएको बुझिएको छ । ‘त्यही रकम बुझाउन अपहरणको नाटकमा बावुको कन्ट्रक्सनमा काम गर्ने कृष्णलाई पनि प्रयोग गरिएको पाइयो,’ डिएसपी राईले भने । मुकेशले मिटर ब्याजमा को सँग पैसाँ लिएको प्रहरीले त्यो खुलाइको छैन । ‘हामी अनुसन्धानको क्रममा छौ,’ उनले भने, ‘त्यो पछि खुल्नेछ ।’

    प्रतिकृया दिनुहोस