• देश

    स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकका लागि ढोका बन्द

      ओमकार टाईम्स


    काठमाडौं : स्थलमार्गबाट नेपाल आउने पर्यटकहरुका लागि सबै ढोका बन्द भएको छ । नेपाल आउने तेस्रो मुलुकका पर्यटकहरुका लागि अब स्थलमार्गको ढोका बन्द भएको हो ।

     

     

    भारत सरकारले भोलि (शुक्रबार)देखि लागू हुने गरि सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिदिएपछि अब भारतीय स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकका लागि बाटो बन्द भएको हो ।

     

    अहिलेसम्म भारतबाट आउने पर्यटकलाई नेपालमा ‘पर्यटक’का रुपमा गणना गर्ने गरिएको छैन । स्थलमार्ग हुने नेपाल प्रवेश गर्ने पर्यटकको चाप सबैभन्दा धेरै लुम्बिनीमा हुन्छ । यसले गर्दा अब लुम्बिनी क्षेत्र सुनसान हुने भएको छ ।

     

    भारतले १५ अप्रिलसम्मका लागि सबै मुलुकका पर्यटकको भिसा रद्द गरिदिएको छ ।

    प्रतिकृया दिनुहोस