• देश

    कोरोनाका कारण सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित

      ओमकार टाईम्स

    काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ ।

     

     

    सरकारले सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएपछि सेनाले कार्यक्रम स्थागित गरेको हो ।

     

    सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको  बताए ।

     

    सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर यो कार्यक्रम अघि सारेको थियो ।

     

    पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा हिँडेका बाटो, त्यसवेलाका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले मार्ग बनाइएको सेनाले जनाएको थियो । कार्यक्रमका लागि सेनाले पाँच महिनाभन्दा अघिबाट तयारी थालेको थियो ।

     

    यो कार्यक्रमसँगै पोखरा र तनहुँमा हुने भनिएको भूतपूर्व सैनिक सम्मेलनमा पनि रोकिएको छ । चैत १६ र १७ गतेका लागि सम्मेलनको मिति तय गरिएको थियो ।

    प्रतिकृया दिनुहोस