• सम–सामयिक

    अत्याधिक मदिरा सेवनबाट धनुषामा ६ जनाको मृत्यु

      ओमकार टाईम्स

    धनुषा : अत्याधिक मदिरा सेवनबाट धनुषामा ६ जनाको मृत्यु भएको छ । होली पर्वका दिन खुल्ला मदिरा सेवन गर्दा ६ जनाको मृत्यु भएको हो ।

     

    खुल्ला मदिरा सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका ५ जना र औरही गाउँपालिका–२ परवाहा टोलका एक जना गरी ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

     

    खुल्ला मदिरा सेवनले मृत्यु हुनेहरुमा रमदैयाका ३२ बर्षिय राजु महरा, ३० बर्षिय रामनारायण महरा, ३६ बर्षिय गुदरी महरा, ४२ बर्षिय बिलास मण्डल, ३५ बर्षिय ब्रम्हदेव यादव र परवाहाका ३५ का बर्षिय गिरिजानन्द झा रहेका छन् ।

     

    उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको मदिरा सेवन वा अन्य कारणले मृत्यु भएको भन्ने कुराको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

     

    मदिरा सेवन गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस