• राजनीति

    घूसमा प्रतिस्पर्धा हुन थाल्यो : मीनेन्द्र रिजाल

      ओमकार टाईम्स

    कांग्रेस नेता तथा लेखा समिति सदस्य मीनेन्द्र रिजालले अहिले घूसमा प्रतिस्पर्धा भएको बताएका छन् ।

     

     

    सुरक्षण मुद्रण प्रेसको खरिदको सवालमा कुरा राख्दै उनले घूसमा प्रतिस्पर्धा देखिएको भन्दै गम्भीर अध्ययन गर्नुपर्ने बताएका हुन् ।

     

    सुरक्षण मुद्रण प्रेस खरिदका सवालमा घूस प्रतिस्पर्धामा पराजित भएको मान्छेबाट अनियमितता हुन थालेको उनले बताए । ‘घुस दिने सवालमा यहाँ प्रतिस्पर्धा भएको देखियो, मुद्रण प्रेसको सवालमा पराजित मान्छेको कारण थाहा पाइयो’, रिजालले भने ‘टेप प्रकरण सार्वजनिक नभएको भए यो विषय थाहा हुने थिएन होला, अघि बढ्थ्यो होला ।´

     

    रिजालले घूसमा पराजित हुने उजुरी लिएर छुट दिँदै जाने विषय गलत हुने बताए ।

     

    सुरक्षण मुद्रण प्रेसमा जीटुजी प्रक्रिया रोक्न निर्देशन दिन आवश्यक रहेको उनले बताए । उनले विगतमा अनियमितता गर्ने सवालमा पनि अख्तियारलाई छानविन गर्न लगाउनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस