• सम–सामयिक

    बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको आरोपमा जनप्रतिनिधि सहित दुई जना पक्राउ

     

    धनगढी : बोक्सीको आरोपमा स्थानीय एक महिलालाई कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले जनप्रतिनिधि सहित दुई जनालाई पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेमा कैलारी गाउँपालिका–२ का ५० वर्षीय रामकुमार चौधरी र उहाँका छोरा २८ वर्षीय राजु चौधरी रहनु भएको छ ।

     

    वडा सदस्यसमेत रहनु भएको चौधरीले छिमेकी महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको जाहेरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार महिलामाथि फागुन २७ गते बेलुका कुटपिट भएको थियो । आरोपित दुवै जनालाई पक्राउ गरेर अदालतबाट पाँच दिनको म्याद थप गराएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस