• देश

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार : साँझ ६ बजे डिस्चार्ज गरिने

      ओमकार टाईम्स

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ ६ बजे डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताउनुभयो ।

     

    गएको फागुन १९ गते अस्पताल भर्ना हुनुभएका उहाँको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला  दिनुभएको हो ।  उहाँ भने यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ ।

    प्रतिकृया दिनुहोस