• देश

    प्रदेश २ को नाम र राजधानीका लागि आज मतदान

      ओमकार टाईम्स

    प्रदेश २ को प्रदेशसभा गठन भएको सवा दुई वर्षपछि आज (शनिबार) स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभा सचिवालयले दलहरूको प्रस्ताव दर्ता गरेको ६ महिनापछि शनिबार मतदान प्रक्रियाबाट टुंग्याउन लागिएको हो ।

     

     

    स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले बताए । तर, नामकरण विषयमा अझै दलहरू विभाजित छन् ।

     

    यसको टुंगो लगाउने प्रक्रिया थप लम्बिन सक्ने अधिकारीले बताएका छन् ।

     

    शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गरेका छन् ।

    प्रतिकृया दिनुहोस