• देश

    ओली नेतृत्वको सरकारले एउटा राम्रो काम गरेन, अब विरोधमा लाग्नु पर्छ : काँग्रेस सभापति देउवा

      ओमकार



    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले देशमा हत्या हिंसालगायतका घटनाहरुलाई निर्मुल पार्न नसकेको एवं जनतामाथि कर थुपारेको आरोप लगाएका छन् । सरकारले जनताको हितमा काम गर्न नसकेको बताउँदै उनले सरकार विरोधी आन्दोलमा लाग्नु पर्ने संकेतको निर्दशेनसमेत नेपाली काँग्रेसमा आवद्ध कार्यक्रतालाई दिएका छन् ।

    नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कुनै किसिमको जनहितकारी काम गर्न नसकेको आरोप लगाएका हुन् ।

    सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्नुका साथै हत्यारा एवं अपराधीहरुलाई उन्मुक्ति दिएको भन्दै सरकार प्रति असन्तुष्टि व्यक्त गरेका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या अपराधीको अझैँ छानबिन हुन नसक्नु सरकारको कमजोरी रहेको बताएका छन् । सरकारले हत्यारालाई लुकाउन खोजेको आरोपसमेत उनले लगाएका छन् ।

    त्यस्तै उनले देशको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको बताउँदै विघटित नेपाल विद्यार्थी संघको छिट्टै पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवाले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने/नगर्ने निर्णय पनि नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिइने बताएका छन् ।


     

    प्रतिकृया दिनुहोस