• सम–सामयिक

    ट्रिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु

      ओमकार टाईम्स

    भक्तपुर : भक्तपुरमा ट्रिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ मा बा ५ ख ७९७१ नम्बरको ट्रिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु प्रहरीले जनाएको छ ।

     

     

    जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारका लागि मध्यपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

     

    शिशिर सर्लाही जिरायल घर भएका १९ वर्षीया ईश्वर मोक्तानका छोरा हुन् भने ईश्वर सोही इँट्टाभट्टामा काम गर्दछन् ।

     

    ट्रिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ भने कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस