• विदेश

    स्पेनका प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई कोरोना भाइरस

      ओमकार टाईम्स

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ ।

     

    स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

     

    प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएको छ ।

     

    प्रधानमन्त्री सान्चेजले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप देशभर संकटकाल घोषणा गरेको केही घन्टापछि प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण पत्ता लागेको हो । श्रीमतीलाई कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री सान्चेजलाई पनि आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस