• स्वास्थ

    ४ सय ६४ जनामा कोरोना परीक्षण गरियो, नेपालमा संक्रमित फेला परेनन् : मन्त्री ढकाल

      ओमकार टाईम्स

    काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) बाट कोही पनि संक्रमित नरहेको जानकारी दिएका छन् ।

     

     

    कोरोना भाइरस भित्रिन नदिन सरकारको आन्तरिक तयारी रहेको बताउँदै उनले संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाइने जानकारी दिए ।

     

    राष्ट्रिय सभा बैठकमा आइतवार कोरेना भाइरसबारे जानकारी गराउँदै मन्त्री ढकालले नेपालमा ४ सय ६४ जनामा कोरोना परीक्षण गरिए पनि हालसम्म संक्रमित फेला नपरेको बताए ।

     

    उनले भने,‘त्यसका लागि हामी आवश्यक तयारीमा लागेका छौं ।’ गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस