• देश

    सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन

      ओमकार टाईम्स

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

     

     

    मन्त्री ढकालले भने, ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको छ। अस्पतालमा काम गर्ने जनशक्ति र जोखिम हटाउन आवश्यक पहल गरिएको छ।’

     

    नेपालमा आइतबारसम्म ४ सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एकजनामा पनि पोजेटिभ नदेखिएको उनको दाबी थियो।

     

    मन्त्री ढकालले सरकारले भाइरसको संक्रमण हुन नदिन पूर्वतयारीका लागि गर्नुपर्ने कुनै कसर बाँकी नराखेको बताए ।

     

    उनले गत फागुन १८ गते मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री रहेको अधिकार सम्पन्न समिति गठन गरेको, काठमाडौंका अस्पतालमा १ सय २० वटा आईसीयू तयार पारेको, काठमाडौंबाहिर १ सय १५ वटा आईसीयू तयारी अवस्थामा राखिएको र १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको जानकारी दिए । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस