• देश

    कारोबार गर्ने सिलसिलामा २६ लाख ठगिए, नगरपालिकाको न्यायक समितीमा उजुरी गर्दा जनप्रतिनिधि पिडककै पक्ष लागे: दाहाल

      ओमकार


    झापा जिल्ला गौरादह नगरपालिका वडा न. १ बस्ने यम बहादुर दाहाल बिगत डेढ बर्ष देखि न्यायको खोजीमा भौतारीरहेका छ्न।

    कारोबार गर्ने सिलसिलामा गौरादह १ बस्ने सृजना घिमिरेलाई उनले २६ लाख रुपैयाँ दिएको र फिर्ता नपाएको दाबी गरेका छन।

    उक्त रकम फिर्ता गर्नका लागि घिमिरे संग कयौं पटक ताकेता गरेता पनि पैसा फिर्ता नभएको उनको भनाई छ । “सयौं पटक उहाँलाई(सृजना) लाई भने तर उहाँले पैसा नदिने जस्तो कुरा गर्नुभयो र मैले नगरपालिकाको न्यायिक समितीमा उजुरी गरे´´ दाहाल बताउछ्न।

    न्यायीक समिती, उद्योग वाणिज्य संघ, राजनैतिक कर्मीको रोहबरमा बिसौ पटक छलफलमा बस्दा समेत उचित निर्णय हुन नसकेको उनको भनाई छ।

    न्याय दिलाउनुको सट्टा गौरादह नगरपालिकाकि उपमेयर, गौरादह नगरपालिका वडा न १ र ३ का वडाअध्यक्षहरु केशलाई लम्ब्याउन र कमजोर बनाउन लागि परेको उनको आरोप छ।

    भिडियो हेर्नुहोस

    https://youtu.be/3tQzBQ14JUs

     

    प्रतिकृया दिनुहोस