• देश

    विप्लवसंग बार्ता गर्न सरकारको औकात छैन: काङ्ग्रेस नेता सिंह

     

    बिर्तामोड । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारसँग विप्लवसँग वार्ता गर्ने औकात नभएको बताएका छन । सोमबार बिहान झापाको विर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा सिंहले यस्तो बताएका हुन ।

    नेपाली कांग्रेसको नेतृत्वमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र सङ्घर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले अविलम्ब विप्लव समूहलाई वार्तामा ल्याउन र सम्झाउन वर्तमान सरकारसँग आग्रह समेत गरे ।

    नेता सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताए । पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने उनको भनाइ थियो ।

    प्रतिकृया दिनुहोस