• देश

    बुहारी र जेठाजु बीच बिवाद, बुहारीले खन्याईदिन जेठाजुको जीउमा तातो माड

      ओमकार



    जनकपुर । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४५ वर्षीय रामकुमार मण्डल खंगलाई बुहारीले माड खन्याएर घाइते बनाएकी छन् । सप्तरीमा एक महिलाले जेठाजुको जीउमा तातो माड खन्याएर घाइते बनाएका बनाएकी छिन् ।

    शुक्रबार दिउँसो रामकुमार र उनकी बुहारी बीच नालासम्बन्धी विवाद भएको थियो । घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।

    खाना बनाइरहेकी ३५ वर्षकी भेलीदेवी मण्डल खंगले जेठाजु रामकुमारलाई माड खन्याएकी हुन् । उनका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको छन् ।

    घाइते रामकुमारको सागरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भुली देवीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।


     

    प्रतिकृया दिनुहोस