• समाचार

    वडाअध्यक्ष परे अख्तियारको फन्दामा, २५ हजार घुसले जीवन बर्बाद

      ओमकार


    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षलाई  घुससहित पक्राउ गरेको छ । सेवाग्राहीसँग २५ हजार घुस लिइरहेको अवस्थामा झापाको सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार  पक्राउ गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    निर्वाचित पदाधिकारी घुससहित पक्राउ गरेको यो पहिलो घटना हो । अख्तियारका प्रवक्ता कोइरालाले राष्ट्र सेवक कर्मचारीमात्रै कारवाही गरिरहेको अख्तियारले निर्वाचन पदाधिकारीलाई कारवाही गर्न सुरु गरेको बताए ।


     

    प्रतिकृया दिनुहोस