• देश

    आज आमाको मुख हेर्ने दिन- www.omkartimes.com

      ओमकार


    काठमाडौ – आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिकार खुवाएर यो पर्व मनाइने गरिन्छ ।वैशाख कृष्णपक्ष औसीको दिन नेपालीमा यो पर्व मनाउने चलन छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।

    आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौं थानकोट नजिकैको मातातीर्थमा मेला लागेको छ । बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ ।

    यस्तै भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरि तर्पण दिईरहेका छन् । आमाको लागि मीठा परिकार किन्नेहरुको मिठाई पसलहरुमा भीड छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुगेका छन् । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झेका छन् ।


     

    प्रतिकृया दिनुहोस