• विचार

    युवाहरु क्रान्तिमा होइन कृषि क्रान्तिमा लाग्ने हो

      ओमकार टाईम्स


    विसन बस्नेत

    नेपाल एक येस्तो देश जो आफैमा एक सन्सार हो भन्दा पनि केहि फरक पर्दैन। हावापानीको विविधता, जैविक विविधता अनि अन्य फरक परिचयहरुले चिनिएको मेरो देश नेपाल आफैमा धनी छ। सम्पुर्ण कारणहरुले गर्दा नै चिनिएको हो मेरो देश कृषि प्रधान देश भनेर। जलश्रोतमा विश्वको दोस्रो धनी मुलुकमा गनिने देश आज पछि परेको छ कृषिमा । हिमाली भेगबाट बग्दै आएका ती नदिहरु जस्ले तराइका सम्म फाटहरुको तिर्खा मेट्दै बगेका छन जस्ले गर्दा कृषिमा नया आयाम आउन सक्नु पर्ने हो तर सकि रहेको छैन।आखिर किन??

    नेपालको आयस्रोतको मेरुदण्ड हो कृषि परापुर्ब काल देखि। विश्वले छलाङ मारिसक्यो कृषिमा तर विचरा मेरो देश अझै पनि अघि बढी रहेको छ त्यो पनि कछुवाको गतिमा। FAO ( Food And Agriculture Organization Of The United Nations) को त्थ्याङ्क अनुसार नेपालको कुल जनसंख्या मध्ये ५७% जनसंख्या आर्थिक आय आर्जन गर्न सक्षम देखिन्छन् , जस्मा पनि ८१% जनसंख्या कृषिमा आबद्ध छ्न। तर अझै पनि कहाँ चुक्यो मेरो देश? हामी कृषि प्रधान देशका जनता को लागि लज्जास्पद विसय त यो हो कि २०१९ डिसेम्बर को तथ्यांक अनुसार ११३४३६.६० मिलियन नेपाली मुद्रा बराबरको कृषि उत्पादन आयात गर्यो नेपालले भारतबाट मात्रै।

    दोस्रो विश्व युद्धमा आफ्नो ६ लाख जनसंख्या गुमाएको इज्रायल, पानीको स्रोतहरुको अभावमा बाचिरहेको इज्रायल अनि नेपाली जमिन जस्तै उर्वर माटोको अभावमा गुज्रदै गर्दा पनि इज्रायलले आज एउटा नया इतिहास लेखिसकेको छ सन्सार सामु। कृषि छेत्रमा चुनौती दिएको छ विश्वलाई  अनि विश्व प्रबिधिलाइ। नेपाली भुमिमा जन्म लिएर, कुवा अनि मुलको चिसो पानी पिउदै ढुङ्गा फोरेर मुल फुटाउन सक्ने तागत अनि सामर्थ्य भएको युवा जनशक्ति खाडि मुलुकमा मजदुरि गर्न बध्य छ। उचित उर्वर जमिनको अभाममा (Tuff Subtrates) नरिवलको जट्टालाई माटाे बनाएर करोडौंको उत्पादन गर्न सक्ने इज्रायल अनि सबै हुदा पनि केही गर्न नसक्ने मेरो देश। आखिर किन? ढल निकासिको पानी प्रयोग गरेर मुलुक हरियाली बनाउन सक्ने देश इज्रायल अनि अर्को तिर कठैबरा मेरो देश जहा भएको हरियाली पनि बेचेर सक्ने गरिन्छ अनि बन्दैछ मरुभुमि मेरो देश।

    विश्वको सबै भन्दा खतरा विसादी मेरो मुलुक को जनताको सोचाइ। सँकुचित सोचाइले अघि बढिरहेको मेरो देश जस्ले गर्दा कुनै मुल्य छैन कृषि, कृषक अनि कृषि उत्पदनको। सम्पुर्ण माझ मेरो एउटा  प्रस्न: आझै यो सङ्कुचित सोचाइले गर्दा किन एक युवालाई हासो को पात्र बनाइन्छ जो आधुनिक तवरबाट कृषि कार्य गर्ने सोचाइ राख्दछ? सोच बदलौ बिचार बदलौ अनि मात्रै सम्पूर्ण परिवर्तनहरु सफल हुनेछन।

    आखिर किन अन्योलमा छन त नेपालका कृसकहरु अझै पनि:

    १. मलखाद ब्यबस्थापन: जब अन्न बालिको रोपाइको समय हुन्छ अनि उत्पदनको समय हुन्छ, तब मौन बसिदिन्छ सरकार। आखिर किन उपलब्ध गराउन सक्दैन मलखाद?

    २. प्रबिधी: के हामी नेपाली अझै गोरु अनि हलो समाएर नै कृषिको परिवर्तन बारे सोचेर बस्ने? के हामी अझै पनि परम्परागत विधि नै अप्नाइरहने? आउदैन परिवर्तन, तसर्थ जाग्ने अनि सोच्ने समय ढिलो भैसकेको छ।

    ३. बजार ब्यबस्थापन: कृषि उत्पादन को सहि मूल्य नपाउनाले गर्दा निरुत्साहित छन किसानहरु। ८०० रुपैया पर्ने बियर पिउनको लागि मान्छेले केही सोच्दैन तर बजार गएर आलु अनि टमाटर किन्नको लागि ५ रुपैयामा दलाली गर्छन। अनि अर्को तिर भारतिय अतिक्रमण: बिसदी युक्त उत्पादन सस्तो मुल्यमा भित्र्याइन्छ, नेपाल अनि नेपाल सरकार मौन बसिदिन्छ जस्ले गर्दा नेपाली मुद्रा बाहिर गइरहेको छ भने स्वदेशी उत्पादनले सहि मूल्य अनि बजारको अभावमा निरुत्साहित हुनुपरेका अनेकौ उदाहरणहरु बारे हामी स्पष्टरुपमा अवगत नै छौ। के हाम्रो स्वदेशी उत्पादनको चाहिँ मूल्य छैन र?

    त्यसैले सबैमा मेरो हार्दिक अनुरोध, सक्छौ कृषि र कृषकलाई सम्मान गर, सक्दैनौ भने बिन्ती छ अपमान  पनि नगरी सहि मुल्य चुकाउन तयार हौ। स्मरण गराउन चाहान्छु लकडाउनको समय: महोदयहरु मर्सिडिज बेन्ज अनि BMW ले तपाईंको ज्यान बचाउन सक्दैन अनि Royal Enfield र पल्सरहरु खान पक्कै मिल्दैनन होला। त्यसैले अब सबै एक भएर देशमा कृषि क्रान्ति ल्याउने जिम्मेवारी आएको छ।

    जय कृषि

    जय नेपाल

    झापा गौरादह २ निवासी लेखक बस्नेत कृषि सम्बन्धि अध्ययनको लागि हाल हाल सातमोड, इजरायलमा  हुनुहुन्छ ।

    तपाईं संगपनी कुनै लेख रचना भए हामीलाई सम्झनु होला । हामी तपाईंको लेख लाई उच्च प्राथमिकताका साथ छाप्ने छौँ – ओमकार टाइम्स

    प्रतिकृया दिनुहोस