• विदेश

    थाइल्यान्डः राजतन्त्र, सैनिक शासन र लोकतन्त्रबीचको रोचक कहानी

      एजेन्सी


    बैंकक । दक्षिण पूर्वी एसियामा रहेको सेतो हात्तीको देश थाइल्यान्ड पछिल्ला दिनमा धेरै चर्चामा रहेको छ । सन् १९३९ सम्म स्यामको नामले चिनिने थाइल्यान्डको वर्तमान नामको अघि रहेको थाई शब्द छ, जसको अर्थ हो, स्वतन्त्रता ।

    थाइल्यान्डको संस्कृतिमाथि प्राचीन भारत र चीनको गहिरो प्रभाव छ । यसका अलावा जापानको प्रभाव पनि देखिन्छ । थाइल्यान्डका मन्दिर, प्राकृतिक सौन्दर्य भएको यो देश पर्यटकीय गन्तव्यमा पर्छ । राजनीतिक अस्थिरताका बाबजुद थाई जनता शान्त देखिन्छन् ।

    किन चर्चामा छ थाइल्यान्ड ?

    पछिल्लो सैन्य कु पछि थाइल्यान्डमा पहिलो पटक आम निर्वाचन भएको छ । सो निर्वाचनको अझै पूर्ण परिणाम बाहिर आइसकेको छैन । थाइल्यान्डका प्रधानमन्त्री र २०१४ को सैन्य कु पछि नेतृत्व गरेका सैन्य प्रमुख प्रयुत चान ओचा पुनः सत्तामा नै रहने सम्भावना देखिएको छ ।

    विभिन्न राजनीतिक दलले भने यो निर्वाचनमा धाँधली भएको भन्दै परिणामको विरोध गरिरहेका छन् । यो चुनावपछि पुनः थाइल्यान्डमा लोकतन्त्र स्थापना हुने अनुमान गरिएपछि त्यहाँको सत्तामा सेनाको हस्तक्षेप कम हुन्छ भन्न सकिन्न । सन् १९३२ देखि यो देशमा धेरैजसो सैन्य शासन चलेको छ ।

    बिचबिचमा लोकतान्त्रिक सरकार पनि बन्यो । सन् १९३२ देखि अहिलेसम्म सेनाले १२ पटक सत्तापलट गरिसकेको छ । सन् १९९० पछि लोकतन्त्र केही बलियो भएको देखिएपनि सेनाको प्रभाव घटेको छैन ।

    वर्तमान राजनीतिक अवस्था

    आज थाइल्यान्डमा संवैधानिक राजतन्त्र छ । चक्री वंशा १० औं राजा महा बाजिरालोंगोर्न २०१६ देखि गद्दीमा छन् । फेरि पनि देशमा जुन्ता शासनअन्तर्गत चुनाव भएको छ । वर्तनमा सैनिक शासक प्रधानमन्त्री प्रयुत चान ओचा सन् २०१४ मा सत्तामा आएका हुन् र उनले यो निर्वाचनमा परम्परावादी र सेना समर्थित प्लांग प्रचा राथ पार्टी (पीपीआरपी)को समर्थनमा चुनावी मैदानमा उत्रिएका छन् ।

    सत्ता संघर्षमा सेनाको उपस्थिति
    २० औं शताब्दीमा चक्र शासकले देशमा आधुनिकीकरण र राष्ट्रप्रेमो भावनाको विकास गरे । तर १९३० को दशकमा देशको आर्थिक स्थितिबाट असन्तुष्टले पिपुल्स पार्टीको नेतृत्वमा सेनाको सहयोगमा सत्ता हातमा लिए ।

    पार्टीको प्रस्तावित आर्थिक सुधार स्वीकार गरेन । देशको शासन व्यवस्थामा सेनाको हस्तक्षेप बढ्यो । कम उमेरका राजाको कार्यकालमा सेनाको हस्तक्षेप बढ्न थाल्यो । सेनाले दोस्रो विश्वयुद्धमा जापानसँग हात मिलायो ।

    सन् १९३२ मा सत्तापलट गर्दा नेता र।हेका विभूसंग्रामले १९३८ मा सेना र सत्ता आफ्नो हातमा लिए । दोस्रो विश्वयुद्धमा जापान पराजित भएपछि उनी सत्ताबाट हटे । दोस्रो विश्वयुद्धपछि सम्राट आनन्दको हत्यापछि केही समय राजनीतिक अस्थिरता रह्यो र १९४८ मा विभूसंग्राम फेरि सत्तामा आए ।

    अमेरिकाको खुला समर्थन
    शीतयुद्धका क्रममा थाइल्यान्ड सिटोको सदस्य बन्यो । यसैले अमेरिकाले थाइल्यान्डलाई च्याप्यो । त्यसैबेला देशमा विकास पनि भयो । यसैक्रममा राजशाहीको पुनस्र्थापना त भयो तर देशमा सैन्य शासन र आर्थिक विकास कायम रह्यो । सन् १९७३ को क्रान्तिमा राजतन्त्र बलियो भएसँगै सैन्य शासन अन्त्य भयो ।

    नयाँ संविधानसहित देशमा लोकतन्त्र स्थापना भयो । तर लामो समय कायम रहेन । तीन वर्षपछि फेरि सैनिक शासन भयो । रोचक कुरा त यो पटक सैनिक शासनलाई राजाको समर्थन प्राप्त भयो । तर देशमा त्यतिबेलासम्म राजनीतिक जागरुकता आइसकेको थियो ।

    सन् १९८० सम्म शासन सेना र संसदमा बाँढिएको थियो र राजतन्त्र पनि थियो । १९८८ मा संसदका नेता शासनमा आए । १९९० देखि २००६ सम्म देशमा लोकतन्त्र बलियो भयो तर लोकतान्त्रिक शासन कमजोर बन्यो ।

    मन्दीपछि फेरि लोकतन्त्र
    सन् १९९७ मा आर्थिक मन्दीपछि देशमा नयाँ संविधान लागू भयो । जुन देशको १६ औं संविधान थियो । सन् २००१ मा भएको चुनावमा थाई राक थाई पार्टीका प्रमुख थाक्सिन सिनावात्राले जिते तर पूर्ण बहुमत २००५ को चुनावमा ल्याए ।

    उनीमाथि भ्रष्टाचारको गम्भीर आरोप लाग्यो र उनको परिवारले केही आर्थिक अपराधको आरोपको सामना गर्नुप¥यो । २०११ को चुनावमा थाक्सिनकी बहिनी यिङ्लक सिनावात्रा प्रधानमन्त्री बनिन् । उनलाई पनि २०१४ मा सेनाले हटाएर प्रयुत चान ओचा प्रधानमन्त्री बनेका थिए ।


    -एजेन्सी

    प्रतिकृया दिनुहोस