• कला/ साहित्य

    पिता

      ओमकार


    केदार खड्का

     

    जब बिवसताको जन्जिरले हातपाउ बाधिन्छ
    जब प्रतिकुल समयको प्रहारले पिडाबोध गराउछ
    तब तिम्रो तस्बिर मेरो मनसपटलमा सल्बलाउछ
    कुनै योजना बिनै,अचानक,अनायासै

     

    हिजो तिमी मसंग हुदा म ढुक्क थिए
    मृत्यु मसंग टक्राएर चुर हुन्थ्यो
    म आफुलाई मृत्युजय ठान्ने
    सफलता र म बिचको खाल्डोमा
    तिमी पुल बन्थ्यौ
    म आफुलाई बिजयी ठान्थे

     

    हो तिमीले देखाएका बाटोहरु
    तिमीले मोडाउन खोजेका घुम्तीहरु
    तिमीले चढाउन खोजेका शिखरहरु
    तिमीले सफल बनाउन खोजेका प्रयासहरुमा
    म खरो उत्रिन सकिन होला
    त्यै भएर त ज तिम्रा म प्रतिका साना साना प्रयासहरु
    चलचित्र बनेर मेरो मनसपटलमा सलबलाई रहेका छन त !

    तिमी हुदा
    मेरा हरेक असफलतालाई स्बिकार्यौ
    मेरा हरेक उदण्डतालाई पचायौ
    समग्र मलाई आफुमा लिहिन गरायौ
    तिम्रो प्यारो,न्यानो र जिम्मेवारी युक्त
    ओजनतह मार्फत मलाई सुरक्षित बनायौ

     

    मलाई बिजयी बनाउने चाहानामा
    तिम्रो अनुहार घामले डढेर कालोहुन्थ्यो
    तर तिम्रो अनुहारमा थकाई कहिले देखिन
    म अस्पतालको शैयामा मस्त निन्द्रामा हुदा
    तिमी छेउको कुर्सीमा रातभर जाग्रम बस्थौ
    तर तिम्रो आँखामा अनिन्द्र थिएन

     

    आमाले मलाई जन्म दिईन
    तिमीले मलाई कर्म गर्न सिकायौ
    आमाले मलाई ममता दिईन
    तिमीले मलाई जिम्मेवारी बोध गरायौ
    आमाले मलाई दूध चुसाएर बचाईन
    तिमीले मलाई ब्राह्मणसंग संघर्ष गरेर बाच्न सिकायौ

     

    जे जे गर्यौ मेरो लागि गर्यौ
    जति गर्यौ मेरो लागि गर्यौ
    बाच्यौ मेरो लागि बाच्यौ
    मर्यौ मलाई अनन्त तिम्रो अभाबको महसुस गराएर मर्यौ
    पिता त्यै भएर त तिमी मेरो पिता थियौ !!

     

    मेरा स्व. पिता खगेन्द्र कुमार खड्का प्रति समर्पित गरि ।

    प्रतिकृया दिनुहोस