• देश

    उर्लाबारीका एक किरियापुत्री एसईई दिँदै

     

    उर्लाबारीका एक किरियापुत्रीले एसईई दिएका छन् । बुबाको किरिया बसेका उर्लाबारी–७ का भरत कटुवाल परीक्षामा सहभागी भएका हुन् ।
    कटुवाल आइतबार र सोमबार खाली खुट्टा र सेतो कपडामा राधिका मावि उर्लाबारी–६ परीक्षा केन्द्र पुगेर परीक्षा दिएकाथिए । उनी पशुपति आ.मा.वि उर्लाबारी–७ का विद्यार्थी हुन् ।

    पााँच दिनदेखि बुबा सीताराम कटुवालको किरियामा रहेका उनलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था मिलाएको केन्द्राध्यक्ष कुमार पोख्रेलले बताउनुभयो ।
    राधिका मावि केन्द्रमा उर्लाबारीका ८ वटा विद्यालयका ४ सय १४ जना विद्यार्थी परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस