• फिचर समाचार

    प्रधानमन्त्रीकै क्षेत्रमा अनसन, उद्योग वाणिज्य संघले गर्ने भयो पत्रकार सम्मेलन

      ओमकार




    झापा। झापा गौरादह—१ का दाहालले लाखौं रकम डुब्दा पनि कहिँ कतैबाट न्याय नपाएको भन्दै आमरन अनसन बसिरहेका छ्न।

    स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो २६ लाख रुपैया बर्षौ बित्दा पनि फिर्ता नदिएपछि उनी अन्ततः अनसन नै बस्न बाध्य भएका हुन् । गौरादह बजारमा उनी यतिवेला प्रचण्ड गर्मीमा अनसन बसिरहेका छन् ।

    तीन दिन देखि अनसनरत गौरादह नगरपालिका वडा न. १ का यम दाहालको जीवन रक्षाका लागि भोलि सोमबार पत्रकार सम्मेलन गरिने भएको छ। उद्योग वाणिज्य संघको आयोजनामा हुनगईरहेको पत्रकार सम्मेलन भोलि सोमबार बिहान ९:३० बजे गौरादह बजारमा हुनेभएको हो।

    अनसनरत दाहाल उद्योग वाणिज्य संघका सदस्य रहेको र आफ्नो संघका सदस्य पिडामा रहेको बेला आफू निष्क्रिय नबस्ने कुरा अध्यक्ष जीवन राईले बताए। यो मामिलाको छिनोफानो यथाशीघ्र गर्न सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको कारण वाणिज्य संघ पत्रकार सम्मेलन गर्न बाध्य भएको कुरा राईले स्पष्ट पारे।

    यता आज दिउसो दुई बजे यस बिषयको निचोड निकाल्ने भन्दै नगरपालिकाले बोलाएको बैठकमा सदस्य संख्या नपुगेको कारण देखाउदै बैठक सारिएको थियो।



     

    प्रतिकृया दिनुहोस