• देश

    गौरादह उद्योग वाणिज्य संघद्वारा अनिश्चितकालिन बन्दको घोषणा

      ओमकार



    झापा। चार दिन देखि अनसनरत झापा गौरादहका यम दाहालको जीवन रक्षाका लागि भन्दै पत्रकार सम्मेलन गरिएको छ। पत्रकार सम्मेलन उद्योग वाणिज्य संघ गौरादहको आयोजनामा भएको हो। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जीवन राईले सम्बन्धित निकायलाई यष विषयमा चाडो भन्दा चाडो निष्कर्ष निकाल्न आग्रह गरे। पिडित दाहाल उद्योग वाणिज्य संघको सदस्य रहेको र कोहि पनि व्यावसायि दु:ख मा पर्दा संघ चुप लागेर नबस्ने उनको भनाई थियो।

    यो संगै उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आज ३० गते दिउँसो १२ बजे देखि २ बजे सम्म नगरका सम्पुर्ण उद्योग, कलकारखाना तथा पसल बन्द, भोलि वैशाख ३१ गते बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म नगरपालिकामा शान्तिपूर्ण धर्ना, जेष्ठ १ गते डिपुचोकमा एक घण्टा चक्काजाम र जेष्ठ २ गते देखि अनिश्चितकालिन गौरादह नगर बन्द घोषणा गरेको छ।

    अनसनरत दाहाल उद्योग वाणिज्य संघका सदस्य रहेको र आफ्नो संघका सदस्य पिडामा रहेको बेला आफू निष्क्रिय नबस्ने कुरा अध्यक्ष राईको भनाई थियो।

     

    रक्तचाप ह्वात्तै बढ्ने र घट्ने समस्याका कारण यता अनसनरत दाहालको स्वास्थ अवस्था भने नाजुक बन्दै गएको छ।


     

    प्रतिकृया दिनुहोस