• फिचर समाचार

    कोरोना (COVID 19) बारे समाजमा प्रचलित भ्रान्तिमूलक कुराहरुको बिश्लेषण

      ओमकार टाईम्स

     

    विवेक कट्टेल

     

    चिनको वुहान प्रान्तबाट शुरु भई अन्टार्कटिका बाहेक सबै महादेशमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात कोभिड १९ (SARS-CoV-2) अहिले सञ्चार माध्यम, सामाजिक संजाल, तथा घरघरमा चर्चाको बिषय रहेको कुरा त विदित नै छ ।

     

    मार्च ११ २०२०, विश्व स्वास्थ्य संगठन (WHO) ले यसको वर्र्गीकरणलाई स्वास्थ्य आपतकाल (Medical emergency) बाट महामारी (pandemic) मा परिवर्तन ग‍र्यो ।

     

    आधा करोड भन्दा बढी जनसङ्ख्यालाई संक्रमित बनाईसकेको यो भाइरसबाट संक्रमित हुने नेपालीहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ ।

     

    जब पत्रपत्रिका तथा टि. भि. च्यानलहरुमा ‘महामारी’ शब्दले स्थान पाउन थाल्दछ तब जनमानसमा समाचार कम अनि त्रासले बढी प्रभाव पार्न जान्छ र यही डर र त्रास को छत्रछाँयामा डेरा जमाउँछन् ‘गलत जानकारी र अफवाह’ हरूले ।

     

    यो लेखमा हिजोआज फेसबुक, ट्विटर जस्ता सामाजिक संजालमा प्रचलित तथा गाउँघरमा विद्यमान रहेका भ्रान्तिमूलक तथ्यहरुको बिश्लेषण गर्ने चेष्टा गरिएको ।

     

    मिथ्या-

    १. कोरोनाभाइरस मानिसलाई थाहा भएको सबैभन्दा घातक भाइरस हो।

    तत्थ्य-

    यो भाइरस ‘इन्फ्लुएन्जा’ भन्दा अधिक गम्भीरजस्तो देखिए पनि मानव सभ्यताले भोगेका ‘मारवर्ग’, ‘इबोला’ जस्ता भाइरसको तुलनामा कम घातक देखिन्छ ।

    मिथ्या-

    २. केवल बृद् र वयस्कहरू मात्र जोखिममा छन्।

    तत्थ्य-

    अन्य कोरोनाभाइरस जस्तै SARS-CoV-2ले कुनै पनि उमेर समुहका व्यक्तिलाई संक्रमण गर्न सक्छ । तर पूर्वअवस्थित स्वास्थ्य समस्याहरू जस्तै मधुमेह वा दम रोग भएका व्यक्तिहरूको लागि भने गम्भीर बिरामी हुने सम्भावना बढी हुने देखीएको छ ।

    मिथ्या-

    ३. बच्चाहरू SARS-CoV-2 बाट संक्रमित हुन सक्दैनन्।

    तत्थ्य-

    हालसम्मको तथ्याङ्क हेर्दा धेरै जसो संक्रमण वयस्कहरूमा भएतापनि बच्चाहरू प्रतिरोधात्मक छन् भन्न सकिन्न । प्रारम्भिक प्रमाणहरूले बच्चाहरूमा पनि संक्रमण हुने समान सम्भावना देखाउँछन् तर तिनीहरूको लक्षणहरू भने कम गम्भीर हुने गर्दछ ।
    मे २०२० मा केही वैज्ञानिकहरुले आफ्नो शोधमा SARS-CoV-2 संग सम्पर्कमा आएका १००० जना वच्चाहरुमध्ये एक जनामा संक्रमण हुने कुरा उल्लेख गरेका छन् ।

     

    मिथ्या-

    ४. COVID-19 सामान्य रुघाखोकी जस्तै हो ( SARS-CoV-2 साधारण चिसो को एक परिवर्तित रूप हो)

    तत्थ्य-

    दुवैको लक्षणहरू जस्तै पीडाहुने, ज्वरो, खोकी आदि मिल्न गए पनि दुवै उस्तै हैनन् । त्यस्तै दुबै COVID-19 र रुघाखोकी सामान्य, गम्भीर र कहिलेकाँही घातक हुन सक्छन् । दुवैले निमोनिया पनि निम्त्याउन सक्छन् ।

    मिथ्या-

    ५. COVID-19 संक्रमित धेरै मानिस मर्दछन्।

    तत्थ्य-

    यो कथन गलत छ । माथी उल्लेख गरे रूपमा COVID-19 केवल थोरै मानिसमा मात्र घातक रहेको छ ।
    ‘Chinese Centre for Disease Control and Prevention’ ले हालसालै तयार पारेको एक प्रतिवेदनमा चीनमा देखिएका ८०.९ प्रतिशत केसहरु घातक नभएको उल्लेख गरेको छ ।
    त्यस्तै WHO ले आफ्नो प्रतिवेदनमा करीब ८० प्रतिशत जनसङ्ख्यामा संक्रमण हुने तर तुलनात्मक रुपमा घातक नहुने र उनीहरुलाई अस्पतालमा बिशेष उपचारको आवश्यकता नपर्ने कुरा उल्लेख गरेको छ ।
    सामान्य लक्षणहरूमा ज्वरो, खोकी, घाँटी दुख्ने, थकान, र सास फेर्न गाह्रो हुने हुन सक्छन् ।

    मिथ्या-

    ६. एन्टिबायोटिकले कोरोनाभाइरस लाई मार्दछ , फ्लू र निमोनियाको खोपले COVID-19 बिरूद्ध संरक्षण गर्दछ।

    तत्थ्य-

    एन्टिबायोटिकले मात्र ब्याक्टेरियाहरूलाई मार्दछ, भाइरस मार्दैन ।

    SARS-CoV-2 अन्य भाइरसहरू भन्दा फरक छ, कुनै अवस्थित खोपले संक्रमण बिरूद्ध रक्षा गर्दैन ।

     

    मिथ्या-

    ७. घरेलु उपचारले COVID-19 बिरूद्ध उपचार र सुरक्षा गर्न सक्छ।

    तत्थ्य-

    केहि अनुसन्धानले देखाए अनुसार लसुन, अदुवा, बेसार, तिलको तेल, गहुँत, गोबरले ब्याक्टेरियाका केही प्रजातिहरूको बृद्वि विकास सुस्त बनाउन सक्छ । तर COVID-19 को कारण एक भाइरस हो, कुनै घरेलु उपचारले यो संक्रमण विरुद्ध रक्षा गर्न सक्छ भन्ने प्रमाण छैन ।
    COVID-19 बाट बच्ने उत्तम उपाय भनेको हात धुने राम्रो विधि अपनाउनु हो र बिरामीहरू हुने स्थानहरूबाट टाढा बस्नु हो ।

    मिथ्या-

    ८. वातावरणमा तापक्रम बढ्दा भाइरस मर्नेछ।

    तत्थ्य-

    केही भाइरसहरू चिसो महिनामा सजिलै फैलन्छन् , तर यसको मतलब यो हैन कि मौसम प्रतिकूल हुँदा पूर्णरूपमा रोकिन्छ । तापमान परिवर्तनहरूले क्ब्च्क्(ऋइख्(द्द को व्यवहारमा पर्ने प्रभावमा अझैपनि अनुसन्धान भइरहेको छ ।

     

    मिथ्या-

    ९. मास्कले कोरोनाभाइरसबाट बचाउँछ।

    तत्थ्य-

    स्वास्थ्यकर्मीहरूले पेशागत मास्क लगाउँदछन् जुन अनुहारको वरिपरि फिँजिएको हुन्छ जसले तिनीहरुलाई संक्रमण बाट बचाउँछ । यद्यपि डिस्पोजेबल मास्कले त्यस्ता सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन । यी मास्कहरू अनुहारमा पूर्ण रूपले मिल्दैनन् , यसबाट साना भाइरल कणहरू र ‘aerosal particles’ मुख र नाकमा छिर्न सक्छन् ।
    जहाँसम्म, यदि कसैलाई स्वासप्रस्वास सम्वन्धी रोग छ भने मास्कको प्रयोगले अरूलाई संक्रमणबाट बचाउन मद्दत गर्दछ ।
    साथै, जब मास्क लगाईन्छ, यो राम्रोसँग लगाउनु र यसलाई प्रयोग पछि राम्रोसँग डिसपोज गर्नु महत्वपूर्ण हुन्छ ।

    मिथ्या-

    १०. छालामा क्लोरीन वा मदिराको स्प्रेले शरीरमा भाइरसहरू मार्दछ।

    तत्थ्य-

    यी रसायनहरू सतहलाई कीटाणुरहित गर्न प्रयोग गर्न सकिन्छ तर तिनीहरूलाइ छालामा प्रयोग गर्नु मुर्खता हो । यस्ता रसायनहरु छर्किदा यदि यो तपाईंको आँखा वा मुखमा गयो भने हानि हुन सक्छ ।

     

    हामीले के गर्नुपर्छ?

     

    रोग नियन्त्रण र रोकथाम केन्द्र CDC ले SARS-CoV-2 को प्रसार लाई कम गर्न तल उल्लेखीत साधारण कदमहरु सिफारिस गरेको छ :

     

    १. लक्षणहरू देखिएका मानिसको सम्पर्कमा नजानुहोस् वा गएपनि सामाजिक दुरी राख्नुहोस्

     

    २. सकेसम्म आफ्नो आँखा, नाक, मुख नछुनुहोस्

     

    ३. यदि तपाईं बिरामी हुनुहुन्छ भने घरैमा बस्नुहोस्

     

    ४. खोक्दा हाँच्छ्यु गर्दा रुमाल, तथा रुमाल नभएको खण्डमा हात दोबारेर कुहिनोको भित्री भागले छोप्नुहोस्, टिशू को प्रयोग पछि व्यवस्थित ठाउँमा फ्याँक्नुहोस्

     

    ५. तपाईंले प्रायः छुने वस्तुहरू र सतहहरूमा कीटाणुशोधन गर्न स्प्रे र वाइपहरू प्रयोग गर्नुहोस्

     

    ६. २० सेकेन्डको लागि नियमित रूपमा साबुनपानीले हात धुनुहोस्

     

    जबसम्म तपाईं स्वास्थ्यकर्मी हुनुहुन्न वा बिरामीको हेरचाह गर्नुहुन्न, तबसम्म CDC फेस मास्क लगाउन सिफारिस गरेको छैन ।

     

    माथि उल्लेखित सल्लाहहरू सरल देखिन सक्छन्, तर महामारीको समयमा यी नै उत्तम तरिकाहरू हुन् ।

     

    ‘कोरोना बिरुद्घको लडाइँमा एकजुट रहौँ, आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ

     

    (लेखक वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिडिएस तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन्।)

    प्रतिकृया दिनुहोस