• देश

    धनुषामा गोली प्रहारबाट एक युवकको मृत्यु

      ओमकार टाईम्स

    धनुषा । गएराति धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ ।  घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानेर २५ वर्षीय अरुण मण्डलको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

     

    प्रहरीका अनुसार उक्त घटना सबैला नगरपालिका–७ मा भएको जनाइएको छ । चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको प्रहरीको भनाइ छ । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस