• समाचार

    नेपालको भूमि फिर्ता ल्याउने विषयमा भएको राष्ट्रिय एकतालाई प्रधानमन्त्री ओलीको प्रशंसा

      ओमकार टाईम्स

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको प्रतिनिधि सभाको बैठकमा असाधारण राष्ट्रिय एकता कायम भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाधिनता, कोभिड १९ वा राष्टिय संकटका बेलामा राष्टिय एकता कायम हुन आवश्यक रहेको बताएका हुन् ।

    मङ्गलबार सिंगो संसद राष्ट्रिय एकतामा एकजुट भएकोमा प्रम ओलीले खुसी व्यक्त गरे । राष्ट्रका सामु आएका साझा चुनौती समाना गर्न हाम्रो संसद जिम्मेवार र एकतावद्ध रहेको बताए । हिजोको घटनाले राष्ट्रिय संकटमा सबै एकजुट हुने सन्देश दिएको टिप्पणी गरे ।

    उनले संसदभन्दा बाहिर पनि राष्ट्रिय एकता कायम भएकोमा बौद्धिक वर्ग, संघसंस्थाहरु लगायतलाई आभार प्रकट गरे । राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा राष्ट्रिय आकांक्षा आवश्यकतामा जनभावना अनुरुप अघि बढाउने सन्र्दभमा बेला बेला असहमति भएको पनि उनले स्मरण गरे ।

    हाम्रा पुर्खाले लडेर यो देश बचाएका हुन्,आज हामी अडेर मात्र पनि राष्ट्रिय स्वाभिमान कायम गर्न सक्ने भन्दै प्रतिनिधिसभामा भएको राष्ट्रिय एकता सह्र्रानीय भएको उल्लेख गरे ।

    प्रधानमन्त्री ओलीले यो विषयलाई कसैलाई जस दिने भन्ने कुरा नभएको बताउदै नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा विभिन्न समयका सरकार, बौद्धिक वर्ग, सर्वधारणले प्रयास गरिरहेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस