• देश

    मेची पुलमा नयाँ नक्सा राखियो

      ओमकार टाईम्स

    झापा – नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेशद्वारमा रहेको मेची पुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनको रूपमा रहेका राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार त्यो ठाउँमा नक्सा राखिएको हो ।

    पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होर्डिङ बोर्डमा नयाँ नक्सा प्रदेश नम्बर १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सांसद बुढाथोकीले राष्ट्रियताको सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस