• विदेश

    लकडाउन नियमकाे उल्लङ्घन गर्दा युक्रेनी राष्ट्रपतिले जरिबाना तिरे

      ओमकार टाईम्स


    काठमाण्डाै – युक्रेनका राष्ट्रपति भाेलाेदमिर जेलेन्स्कीले लकडाउनकाे नियम उल्लङ्घन गर्दा जरिबाना तिर्नुपरेकाे बताएका छन् ।

    गएकाे जुन ३ तारिखकाे दिन खेम्लेन्स्के शहरकाे एक क्याफेमा जाँदा जरिबाना तिरेकाे युक्रेनी प्रधानमन्त्री जेलेन्स्कीले बताए ।

    क्याफेमा गएकाे केही समयपछि उनकाे कार्यालयले क्याफेमा कफी पिइरहेकाे उनकाे फाेटाे सार्वजनिक गर्‍याे, त्याे समय क्याटरिङ सेवामा प्रतिबन्ध यथावत् थियाे । साथै राष्ट्रपति जेलेन्स्कीले मुखमा मास्क पनि लगाएका थिएनन् ।

    ‘उनीहरुले राम्राे काम गरे’, राष्ट्रपति जेलेन्स्कीले भने । तर उनले कति जरिबाना तिरेकाे बारेमा पनि खुलाउन चाहेनन् ।

    जेलेनेस्कीले जानाजान काेभिड–१९ बाट सङ्क्रमित हुन खाेज्नु युक्रेनी नागरिककाे लागि वास्तविक खतरा महसुस गरेकाे पनि बताए ।

    केही वर्षअघिसम्म टेलिभिजनमा संयाेगवस राष्ट्रपतिकाे पात्रकाे भूमिका निर्वाह गरिरहेकाे ४१ वर्षीय जेलेनेस्की एक वर्षअघि युक्रेनका राष्ट्रपति चुनिएका थिए ।

    प्रतिकृया दिनुहोस