इन्डोनेसिया । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा चुनावपछि भएको प्रलदर्शनमा ६ को मृत्यु भएको छ । राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा झडप हुँदा ६ को मृत्यु र २ सय भन्दा बढी घाइते भएका छन् ।
रातिबाटै ५ घण्टासम्म जारी रहेको झडपमा स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेसम्म ६ व्यक्तिको मृत्यु भएको हो । इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकहरुले निर्वाचनमा धाँधली भएको भन्दै प्रदर्शन थालेका थिए । सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएपछि उनको विरोधमा प्रर्दशनकारीहरुले प्रर्दशन शुरु गरेका थिए । इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ । सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहोस