• विचार

    बेसारपानी, मुस्ताङ गाडी र मैले सीप सिकाएका महिलाहरू

      ओमकार टाईम्स

    पुनम नेपाल ‘पंकजा’

    सम्माननिय प्रधानमन्त्री ठेट पुर्वेली भाषामा बोल्नु हुन्छ । यहाँ भन्दा अगाडीका प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलेको नभुझिने प्र. म. को रूपमा लिइन्थ्यो ।

     

    उनले त्यो बेला खुप गाली खान्थे । बिचरा देउवालाई पनि धपेडी नै थियो । उल्टो सुल्टो भाषण वाचन गरेर बारम्बार चर्चामा आइ रहन्थे । सुशील कोइरालाको पनि हालत त्यही थियो । बोले कै नबुझिने ।

     

    मनमोहन अधिकारी सोझा मान्छे जस्तो लाग्दथ्यो तर उनी हरेक कुरालाई महत्त्व दिन्थे । सतही विश्लेषण हुदैन थियो उनको । गम्भीर प्रकृतिका प्र. म. थिए मनमोहन । २०५० पछाडी धेरै व्यक्तिहरु प्र. म. बने तर सर्वाधिक चर्चामा आए प्रचण्ड । उनको छटपटी र पटकपटक फेरिने बोलीले बारम्बार बिबादित बन्दै गए ।

     

    डा. बाबुराम प्रधानमन्त्री हुदा छिमेकी मुलुक संग बिप्पा सम्झौताको प्रयास गरे । मुस्ताङ गाडीलाई प्रमोट गर्ने कोशिश गरे । बिप्पा फेल गराइयो । मुस्ताङ गाडीमा उनी मात्र चढे । नेपाली उत्पादनलाई व्यवसायिकता दिन कहिल्यै जानेन् । मुस्ताङमा उनी मात्र चढे अरुलाई चढ्ने तरिका सिकाएनन् । बाबुरामको मुस्ताङ मोह जस्तै मेरो पनि ब्याग झोला बनाउने राम्रै मोह छ ।

     

    तर म गैरव साथ भन्छु, मैले आफुले मात्र सिकिन । प्रदेश १ का धेरै जसो जिल्लामा पुगेर धेरै महिला दिदी बहिनीलाई आत्मनिर्भर बनाउन प्रयास गरेको छु । मैले सिकाउन मौका पाएका महिला दिदि बहिनिले कतिपय ठाउँमा ब्याग उद्योग नै सञ्चालन गर्नु भएको छ । हिजोआज ब्याग बनाउने कलाको अनुसरण गर्दै बग्रेल्ती खुलेका तालिमहरु देख्दा निकै खुशी पनि लाग्छ तर प्रधानमन्त्री चढेको मुसाङ बजारमा नदेख्दा निकै दुख लागेर आउछ । बिचरा हाम्रा प्रधानमन्त्रीहरु केही समय सत्तामा बस्छन् अनि बाहिरिन्छ्न् । दुई चार वटा आरोपको माला लगाएर घर फर्किन्छ्न् । उदाहरणीय कार्य एउटा पनि गर्न सक्दैनन् । म जस्तो एउटी सामान्य महिलालाई आफु सरहका महिला दिदिबहिनी कै बारेमा सबै भन्दा चिन्ता हुन्छ। सकि नसकी जीवन जिउन सक्षम भएका महिला दिदि बहिनिको मुहारमा हासो देख्दा आफैं गमक्क हुन्छु ।

     

    तर प्र. म. को पद चलाएर घर फर्किएको व्यक्ति आफ्नै देशमा बेरोजगार भएको पाउँदा निकै दुख पनि लाग्छ र सरम ले मुन्टो निहुराउन बाध्य हुन्छु । आफ्नो घरको वरन्डामा वसेर अर्को अमुक प्र. म. लाई ढुङ्गा हान्नु भन्दा राम्रो काम देख्दै नदेख्नेहरु लाई मेरो कुनै सिम्प्याथी छैन भन्दा फरक नपर्ला । मुस्ताङ गाडीको प्रमोट र विस्तारमा लागेका भए आज बाबुरामको आवस्यकता यो देशले फ़ेरि पनि महसुस गर्ने थियो । बासस्थान गुमाएको बारुलो जस्तो भुनभुनाउनु पर्ने थिएन । हुनत सिंगो देश हाक्ने मान्छेले सानो कुरामा भिजन देख्न कसरी सक्छ र ?

     

    प्र. म. ओली ले बेसार खाएर कोरोना जाती हुन्छ भन्नूभयो । वहाँको भाषा प्रष्ट थियो । १० अरव को भ्रष्टाचार के हो यहाँ जोड्नु मनासिब लागेन । हाम्रा प्र.म. तेह्रथुमे हुन् । पुर्वेली पहाड र हिमालमा पाइने जडिबुटीले सिंगो विश्वको जनसंख्यालाई सन्जिबनी बुटी बनाएर जाती पार्ने क्षमता राख्छ भन्दा धेरै बोलेको जस्तो नहोला। प्र. म. ले भने जस्तो बेसारले कोरोना भाइरस संग लड्ने क्षमता पनि बढाउलातर मुलुक को कार्यकारी प्र. म. ले सदनमा यसो भन्नू अलि बढी भयो कि भन्ने सवैमा परे कै छ । मैले पनि बलबुतोले भ्याए सम्म गुगल र युट्युबमा यस सम्बन्धि खोजी गरें । बेसारको बेफाइदा कहिँ कतै भेटिन ।

     

    तर डा. अग्रज उप्रेतीको भनाइ भनें निकै सान्दर्भिक लाग्यो । बेसारमा कर्कलिन भन्ने एक प्रकारको तत्व पाइदो रहेछ,जस्लाइ हाम्रो शरीरले पचाउन सक्दैन तर यसलाई पचाउने क्षमता मरिचमा हुने रहेछ । हामीले सब्जी पकाउदा यदि आधा चम्चा बेसार हाल्छौ भनें दुई चिम्टी मरिच पनि हाल्ने उनको सल्लाह छ । जे भए पनि प्रधानमन्त्री ज्यू ले ठेट पुर्वेली भाषामा सबैले बुझ्ने गरि औषधिजन्य नेपाली जडिबुटीको बारेमा बारम्बार बहस गर्नु भएको छ । यो खिल्ली उडाउने बिषय हुँदै होइन । सबै ले मनन गर्ने हो र अखाद्य पदार्थको सेवन घटाउदै प्राकृतिक जडिबुटी को प्रयोग बढाउने हो भने हामीले खाने खाना नै सर्वाधिक शक्तिशाली औषधि बन्न सक्छ । धन्यवाद ।

     

    स्तम्भकार नेपाल गौरादह प्राविधिक शिक्षालय कि अध्यक्ष, उपभोक्ता हितमा दर्बिलो आवाज उठाउने र मानव अधिकारकर्मी समेत हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस