• देश

    प्रहरीले होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलबाट होटल सञ्चालक दम्पतिलाई पक्राउ

      ओमकार


    बुटवलः प्रहरीले होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलबाट होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ ।

    बालिकालाई होटलमा सरसफाई गर्न भनेर राखेको र यौन धन्दामा लगाएको सूचनापछि बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेत पक्राउ परेका हुन् ।

    बुटवलको कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको आज पत्रकार सम्मेलनमार्फत प्रहरीले जानकारी गराएको छ ।

    होटलमा सरसफाई गन बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको प्रहरीको भनाई छ ।

    पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ ।


     

    प्रतिकृया दिनुहोस