• सम–सामयिक

    सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, १८ जना घाइते

      ओमकार टाईम्स


    सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।

    आइतबार राति भएको झडपमा नेकपाका १५ र कांग्रेसका ३ कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । झडपमा २ जना प्रहरीसमेत घाइते भएको उनले बताए ।

    झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस