• Uncategorized

    UPDATE 2 : पत्रकारमाथि मेयर चौधरीले गरेका दुव्र्यवहारप्रति महासंघको निन्दा

      ओमकार


    सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले समाचार संकलन गर्न पुगेका पत्रकारमाथि गरेका दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुनसरी शाखाले निन्दा गरेको छ । बुधबार कर्मचारी कुटपिट गरेको विषयमा समाचार संकलन गर्न कार्यालय परिसरमा पुगेका पत्रकार कृष्ण भट्टराई र विकल्प रेग्मीलगाएतलाई मेयर चौधरीले दुव्र्यवहार गरेका थिए ।

    पत्रकार महासंघ सुनसरी शाखाले प्रेस विज्ञप्ती जारी गर्दै आम नागरिकलाई सु–सूचित गराउने संबैधानिक जिम्मेवारी वहन गर्ने पत्रकारमाथि जनप्रतिनिधिबाटै दुव्र्यवहार हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तेक्षेप भएको बताएको छ ।

    त्यस्तै पत्रकारहरुले प्रश्न गरेकै आधारमा मेयर चौधरीले देखाएको दुव्र्यवहारले पत्रकारहरुमाथि असुरक्षा समेत बढाएको महासंघको ठहर छ । त्यस्तै प्रेस स्वतन्त्रताको सम्मान गर्न नियमनकारी निकायसँग संविधानले सुनिश्चित गरेको अधिकारलाई निर्बाध तथा सुरक्षित रुपमा उपभोग गर्ने वातावरण निर्माण गर्न महासंघले माग गरेको छ ।


     

    प्रतिकृया दिनुहोस