• समाचार

    मुकुन्डो लगाएर आएको समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, घटनास्थलमा विप्लव समूहको पर्चा फेला

      ओमकार टाईम्स


    बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।

    घटनास्थलमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

    मुखुण्डो लगाएर चारजनाको समूहमा कार्यालयभित्र प्रवेश गरेका उनीहरुले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । कुटपिट गर्नुको कारण खुल्न सकेको छैन ।

    वडा अध्यक्षलाई सो समूहले रडजस्तो वस्तुले हान्दा चोटपटक लागेको डीएसपी खड्काले बताए । घाइते भएका वडाअध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय दाङले कुटपिटमा संलग्नको खोजीकार्य भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस