• फिचर समाचार

    झापामा सर्पदंशका बिरामी बढे

      ओमकार संवाददाता

    झापा — झापामा सर्पदंशका बिरामी बढेका छन् । झापामा बिशेष गरि ग्रामिण भेगका सर्बसाधारण सर्पको डसाइबाट पीडित बन्ने गरेका छन् ।

    सर्पदंश उपचार केन्द्र चारआलीको तथ्याङ्क अनुसार गत वर्ष १ हजार ३ सय ३६ जना सर्पदंशका कारण बिरामी भए । जसमध्ये ३१ जनालाई विषालु सर्पले डसेको थियो । झापासहित देशभरनै विषालुभन्दा नविषालु सर्पको डसाइबाट धेरै मानिस प्रभावित हुँदै आएका सर्पदंश उपचार केन्द्र चारआलीका डा. सुलभ श्रेष्ठले जानकारी दिए ।

    सर्पदंश उपचार केन्द्र चारआलीमा चालू आर्थिक वर्षको वैशाख, जेठ र असारको दोस्रो हप्तासम्ममा सर्पदंशको उपचार गराउनेको संख्या २ सय ५० रहेको सर्पदंश उपचार केन्द्र चारआलीको तथ्याङ्कमा उल्लेख छ । यस्तै दमकस्थित नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बैशाख र जेठमा मात्रै १ सय ६८ जनाले सर्पदंशको उपचार गराएका छन् ।

    झापामा सर्पदंश उपचार केन्द्र चारआलीसहित दमकस्थित नेपाल रेडक्रस सोसाइटीले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्र र कनकाई नगरपालिकाको कोटीहोम स्थित सहारा सर्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका विरामीले उपचार पाउँदै आएका छन् ।

    सर्पदंशका कारण हरेक वर्ष झापामा कति मानिसले अकालमा ज्यान गुमाउँदै आएका छन्, त्यसको यकिन तथ्याङ्क छैन । तर, सर्पदंशका कारण बिरामीको संख्या भने हरेक वर्ष बढ्दो छ । हरेक बर्षको वर्षायाम शुरु भएसंगै झापामा सर्पदंशका बिरामी बढ्ने गरेको तथ्याङ्कले देखाउछ । ग्रामीण क्षेत्रका सर्वसाधारण विशेष गरी सर्पको डसाइबाट हरेक वर्ष सबैभन्दा धेरै पीडित हुने गरेका छन् । प्रत्येक वर्ष झापामा झण्डै तीन हजार पाँच सय जना सर्पको डसाइबाट विरामी पर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस